• १० असोज २०८३, शनिबार
  • ९ः५८ राती

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै, को-को दोषी ठहरिएलान ?

प्रकाशित मिति

२०८० चैत्र १ गते, बिहीबार १०:३७

चैत १, २०८० काठमाडौँ: सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिबेदन बुझाउन लागेको हो ।

National Life

जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरे पछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया