• १० असोज २०८३, शनिबार
  • ८ः४५ राती

७० वर्षदेखि फलामको फोक्सोले बाँचेका पल अलेक्जेन्डरको निधन

प्रकाशित मिति

२०८० चैत्र १ गते, बिहीबार १०:३१

चैत १, २०८० न्युयोर्क : करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरको ७८ वर्षको उमेरमा निधन भएको छ ।

National Life

पल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण उनले आफ्नो जीवन जिउन झण्डै ७ दशकसम्म ‘फलामको फोक्सो’को सहारामा बिताउनु परेको थियो ।

अमेरिकाबाट आएका पल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्थ्यो । बाल्यकालमा पलको रोग पत्ता लागेपछि उनका आमाबाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिए । जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि बाध्यतामा उनलाई फलामको बक्समा आधुनिक फोक्सो जोडेर ७० वर्षदेखि जीवित राखिएको थियो ।

पलको सन १९४६ मा अमेरिकामा जन्म भएको थियो। जब पलको जन्म भयो, पोलियोले अमेरिकामा विनाश मच्चाइरहेको थियो। पल पनि यस प्रकोपको मारबाट उम्कन सकेनन्।

पोलियोबाट पीडित भएपछि उनको घाँटीको तल्लो भागले सन् १९५२ मा काम गर्न छोड्यो । त्यसपछि उनी स्वभाविक हिसाबमा सास फेर्न पनि असमर्थ भएका थिए ।

पलको यो अवस्था देखेर डाक्टरहरूले उनका लागि फलामको मेसिनबाट बनेको फोक्सो आविष्कार गरे । यही मेसिनका कारण उनी आफ्नो जीवनलाई अगाडि बढाउन सफल भए । उनको मृत्यु अघि पलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, जबकि उनको अनुहार भने बाहिर देखिन्थ्यो।

पलको मृत्युमा उनका भाइ फिलिपले मानिसहरूका लागि विशेष सन्देश लेखेका छन्। उनले भनेका छन्, म ती सबै मानिसहरूप्रति आभारी छु। जसले मेरो भाइको उपचारको लागि चन्दा दिनुभएको थियो ।’

प्रतिकृया