• 5:13 pm

त्रिदेशीय ट्वान्टी–२० शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

प्रकाशित मिति

२०८० फाल्गुन ३० गते, बुधबार ०८:४२

फागुन ३०, २०८० काठमाडौँ: त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने १२ बजे सुरू हुनेछ ।

यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।

पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

प्रतिकृया