• 10:14 am

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, उच्च भेगमा हिमपात

प्रकाशित मिति

२०८० फाल्गुन २९ गते, मंगलवार ०८:०४

फागुन २९, २०८० काठमाडौँ: पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव ५ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

प्रतिकृया