• 3:51 am

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार १२:३३

फागुन २२, २०८० काठमाडौँ: त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ९.२ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । रोहितले १९ बल खेल्दा तीन चौका र एक छक्कासहित २५ प्रहार गरे ।

जारी खेलको ९.२ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ८२ रन बनाएको छ । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो ।

ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

प्रतिकृया