• २० भदौ २०८३, शनिबार
  • ८ः२१ राती

कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा नदिने

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०१:३५

फागुन २१, २०८० काठमाडौँ: नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री रहेका छन् । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।

Kamana Sewa

आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सानो आकारको मन्त्रिमण्डल गठनको तयारी रहेको छ । जनमत, जसपा र नाउपा सरकारमा सहभागि हुने नहुनेबारे छलफलमा छन् ।

Classic Tech Desktop

प्रतिकृया