• 10:01 am

नयाँ गठबन्धनले दुवै सदनको बैठक प्रभावित, राष्ट्रिय सभा बैठक बिहीबारसम्मलाई स्थगित

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०१:०२

फागुन २१, २०८० काठमाडौँ: नयाँ सत्तागठबन्धन बनेसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । नवनिर्वाचित सदस्यहरुको शपथलगत्तै सोमबार बैठकको तयारी भएको भए पनि सत्तागठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना निकालेर राष्ट्रिय सभा बैठक फागुन २४ गते बिहीबार दिउँसो १ः१७ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको हो । राष्ट्रिय सभा बैठक सोमबार १:१७ बजेका लागि बोलाइएको थियो ।

सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर बिहीबार नै बस्ने गरी स्थगित भएको थियो ।

प्रतिकृया