• 9:09 am

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, परिसूचक २०५९ को विन्दुमा

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार १२:२०

फागुन २१, २०८० काठमाडौँ: कारोबारको दोस्रो दिन नेप्सेमा पुन दोस्रो पटक सर्किट ब्रेक लागेको छ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दोस्रो सर्किटपछि नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।

अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।

प्रतिकृया