• ६ असोज २०८३, मंगलबार
  • ४ः३८ बेलुका

सत्तारूढ गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०८:०९

फागुन २१, २०८० काठमाडौँ: आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

National Life

बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए । सो भेटवार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिकृया