• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

सहकारी पीडितहरुलाई न्याय दिलाउन सांसद दीपक गिरीको माग

प्रकाशित मिति

२०८० फाल्गुन १८ गते, शुक्रबार ०१:४१

फागुन १८, २०८० काठमाडौँ: नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरिका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् । 

शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले खाइ नखाई आफुहरुले बचत गरेको रकम डुबेको गुनासो गरिरहेको बताए ।  सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि सरकारको रहेको सांसद गिरीले बताए । 

Kamana Sewa

उनले भने ‘सहकारीकै कुरा गर्दा ग्यालेक्सी टीभीका अध्यक्ष रहेको  जीबी राई समूहले पोखराका १८ हजार बढी  बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ ।  पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा प्रहरीमा  जाहेरी परेको छ  । जीबी राइ समूहले करिब उनन्पचास  हजार सर्वसाधारणको सात अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ।  आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु प–यो । जुनसुकै दलमा लागेको  भए पनि, जति सुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन पनि म माग गर्दछु ।’

Classic Tech Desktop

उनले सदनमा भने, ‘केही महिना पहिले उखु किसानहरु चिनी मिललाई बेचेको उखुको पैसा नपाएको भन्दै काठमाडौँ आउनु भएको थियो। अहिले कैयौं साता पैदलै हिडेर मिटरब्याज पीडितहरु काठमाडौँ आउनु भएको छ।  हामी संघीय प्रणालीमा गएका छौं , तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन   काठमाडौँ नै आउनु पर्ने? गाउँ गाउँमा सिंहदरबार भनेको के यही हो? म प्रश्न गर्न चाहन्छु ।’

सांसद गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको रकम तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।’ महावीर पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गर्नु भएको छ। अब कृषि औजार कारखाना पुनः सचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गरोस्,’ उनले भने  ।

सांसद गिरीले  संसारकै दोश्रो ठूलो  अर्थतन्त्रको रुपमा रहेको चिन  र आउँदो ६ वर्ष भित्रमै संसारको तेश्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको भारतको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रही रहनु पर्ने कुनै कारण नभएको पनि बताए । उनले नेपालको विकासमा नीजि क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै नीजि क्षेत्रलाई पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे ।

यस्तै, दंगाली जनताको भाग्य र भविष्यसँग जोडिएको टरिगाउँ एयरपोर्टमा एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न उनले सरकारसंग माग पनि गरे ।

सम्माननीय सभामुख महोदय,

म अहिले त्यस्तो सदनमा उभिएर बोलिरहेको छु, जहाँ बोलेको कुरालाई सरकारले सुन्न छाडेको छ।  म न्यायालयको बारेमा त टिप्पणी गर्न चाहन्न तर यो गरिमामय सदनमा जनताबाट निर्वाचित तथा आम जनसमुदायका प्रतिनिधिहरुले बोलेको कुरालाई महत्व नदिइनु दुखको कुरा हो।

प्रतिकृया