• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

रुसी राष्ट्रपतिका कट्टर आलोचक एनाभाल्नीको अन्त्येष्टि भोलि गरिँदै

प्रकाशित मिति

२०८० फाल्गुन १७ गते, बिहीबार ०२:१२

फागुन १७, २०८० एजेन्सी : रुसी राष्ट्रपतिका कट्टर आलोचक एलेस्की नाभान्लीको अन्त्येष्टि शुक्रबार गरिने भएको छ । रुसको आर्कटिक जेलमा मृत्यु भएका उन्को शव एक सातापछि मात्रै परिवारलाई बुझाइएको थियो । त्यसको पाँच दिनपछि मस्कोको एउटा चर्चमा नाभान्लीको अन्त्येष्टि गर्न लागिएको हो ।

स्थानीय समय अनुसार दिउँसो २ बजे गर्न लागेको अन्त्येष्टिमा सहभागी हुन नाभाल्नीका सहयोगी समुहले उनका समर्थक लगायत रुसका सर्वसाधारणलाई अपील जारी गरिएको छ ।

Kamana Sewa

नाभाल्नीका मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई उनको मृत्यु प्राकृतिक रुपमा भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न दबाव दिएर शव हस्तान्तरण गरिएको हो ।

Classic Tech Desktop

नाभाल्नीकी पत्नी युयिला नवल्नायाले राष्ट्रपति भ्लादिमीर पुटिनलाई संकेत गदै आफनो पतिको शवलाई समेत बन्धक बनाएको आरोप सहितको भिडियो सन्देश जारी गरेपछि रुस सरकार उनको शव दिन राजी भएको थियो ।

रुसी राष्ट्रपतिका कट्टर आलोचकका रुपमा रहेका नाभाल्नीको गत १६ फेब्रअरीमा रुसको आर्कटिक सर्कलभित्रको रुसी जेलमा मृत्यु भएको थियो ।

प्रतिकृया