नामिबियासँग नेपाल २० रनले पराजित
प्रकाशित मिति
२०८० फाल्गुन १५ गते, मंगलवार ०३:५७
फागुन १५, २०८० काठमाडौँ: त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत नामिबियाविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २० रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। उसका लागि जन निकोल लोफ्टाइ-एटनको कीर्तिमानी शतक प्रहार गरे। उनले ३३ बलमै शतक प्रहार गर्दै सर्वाधिक चाँडो टी-२० शतकको कीर्तिमान बनाएका थिए ।
नेपालका कुनै पनि बलरले गतिलो प्रदर्शन गर्न सकेनन्। नेपालका लागि रोहित पौडेलले २ विकेट लिँदा अभिनाश बोहरा र करण केसीले समान १-१ विकेट लिए ।
२०७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १८६ रन बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्शन झाले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।






प्रतिकृया