• ८ असोज २०८३, बिहीबार
  • ३ः१२ राती

राज्यको लगानी खेर जान नदिन भक्तपुरका संघीय तथा प्रदेश सांसदहरुले गरे संयुक्त प्रतिबद्धता

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार ०४:०६

फागुन १३, २०८० भक्तपुर : भक्तपुरमा यातायात कार्यालय बागमती प्रदेशको भवन निर्माण गर्न संघीय तथा प्रदेश सांसद एकै ठाउँमा आएका हुन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ हाँके डाडामा यातायात कार्यालय बागमती प्रदेशको भवन निर्माणमा भइरहेको ढिलाईप्रति ध्यान दिदै राज्यको लगानी खेर जान नदिन शनिबार बैठक बस्दै संघीय तथा प्रदेश सांसदहरु एकै ठाउँमा आएका हुन ।

National Life

बैठकमा सांसदहरुले सूर्यविनायक नगरपालिका वडा नं ७ मा निर्माणका लागि अघि बढेको यातायात कार्यालय निर्माणमा भएको ढिला सुस्तीप्रति ध्यानकर्षण समेत भएको भन्दै सांसदहरुले निर्माण प्रक्रिया टेण्डर समेत आह्वान भइसक्दा पनि निर्माण नहुनुको कारण खोज्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संघीय सांसद दुर्लभ थापाको संयोजकत्वमा तोकिएकै स्थानमा प्रस्तावित बागमती प्रदेश यातायात कार्यालयको भवन सूर्यविनायक नगरपालिकाको हाँके डाडा मै निर्माण गर्ने जिल्ला तथा प्रदेश सभा सदस्यहरुले लिखित सहमती समेत जनाएका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

योजनालाई अलपत्र पर्न हुन नदिने र भू(स्वामित्वको लागि पहल गर्ने समय सिमा भित्र योजना सम्पन्न गर्न बागमती प्रदेश सरकारसंग संयुक्त रुपमा जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शनिबारको बैठकमा संघीय सांसद दुलर्भ थापा, सन्तोष परियार, रमा कोइराला परियार र बागमती प्रदेश सभा सदस्य किरण थापा र सुरेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिकृया