• १६ असोज २०८३, शुक्रबार
  • २ः१३ दिउँसो

रावा इनर्जीको वित्तीय खर्च बढ्दा कम्पनी ५ लाख १७ हजार रुपैयाँ घाटामा

प्रकाशित मिति

२०८० माघ २१ गते, आईतवार ०२:२७

माघ २१, २०८० काठमाडौँ: रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ लाख १७ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसै अवधिको कम्पनी १४ लाख ३९ हजार रुपैयाँ नाफामा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि कम्पनी घाटामा गएको छ । यसको प्रशासनिक खर्च बढेको छ । त्यसैगरी, ८० लाख ७९ हजार रुपैयाँ रहेको वित्तीय खर्च अहिले बढेर १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । उक्त खर्च बढ्दा कम्पनी घाटामा पुगेको हो । यसले ६ महिनामा २ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ ।

National Life

गत वर्षको पुसमा उक्त आम्दानी १ करोड ८८ लाख रुपैयाँ थियो । रावाको चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ ५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १८ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ देखिएको छ ।

प्रतिकृया