एसियन कप: पूरा भयो क्वाटरफाइनल समीकरण, कुन टिम कोसँग भिड्दै?
प्रकाशित मिति
२०८० माघ १८ गते, बिहीबार ०८:४८
माघ १८, २०८० काठमाडौँ: एसियन कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार राति इरान र सिरियाबीचको खेलसँगै प्री-क्वाटरफाइनलका खेल सकिएका हुन्। उक्त खेलमा इरानले सिरियालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै क्वाटरफाइनल पुग्ने अन्तिम टोली बन्यो।
निर्धारित तथा अतिरिक्त समय १-१ गोल भएपछि खेलक निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। खेलमा ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा पेनाल्टीमै गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।
अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाउँदा सरिया प्रतियोगिताबाट बाहिरियो।
हेर्नूहोस् क्वाटरफाइनलमा कुन टिम कोसँग भिड्दै छ:
ताजिकिस्तानविरुद्ध जोर्डन (शुक्रबार, ५:१५)
अस्ट्रेलियाविरुद्ध दक्षिण कोरिया (शुक्रबार, ९:१५)
इरानविरुद्ध जापान (शनिबार, ५:१५)
कतारविरुद्ध उज्वेकिस्तान (शनिबार, ९:१५)






प्रतिकृया