• ९ असोज २०८३, शुक्रबार
  • २ः१४ दिउँसो

जाल्पा लघुवित्तले लाभांश वितरण नगर्ने

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ०१:३६

माघ १७, २०८० काठमाडौँ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

National Life

कम्पनीको सञ्चालक समितिको माघ १६ गते सम्पन्न १०८ औं बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको छ । बैठकले सेयरधनीलाई आगामी वार्षिक साधारण सभामा बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरेको कम्पनी सचिव अशोक कुमार आर्चायले जानकारी दिए ।

लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९बाट भने सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो समयमा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया