• ८ असोज २०८३, बिहीबार
  • ७ः०९ बेलुका

मध्यपुर वडा लिग फुटबल माघ २९ गतेदेखि फागुन २४ सम्म

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ११:५५

माघ १७, २०८० भक्तपुर : दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ गतेदेखि हुने भएको छ। मध्यपुर युथ एसोसिएसनकाे आयोजनामा हुने प्रतियोगिता मध्यपुर थिमि नगरपालिकाकाे सहयोगमा हुन लागेको हाे ।

National Life

एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका अनुसार प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने छ । प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका नौ वटा वडाका एक-एक टीमकाे सहभागिता रहने छ ।

एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल खेल्ने बताए। प्रतियोगितामा सबै टीमले आठ-आठ वटा गरि ३६ वटा खेल सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद १० दश हजार प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, र प्रतियोगिताभरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद २५ हजार प्रदान गरिने भएकाे छ ।

अध्यक्ष सिंहका अनुसार, प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्नेछन् । २८ लाख रूपैयाँ खर्च हुने प्रतियोगिता सञ्चालन गर्न मध्यपुर थिमि नगरपालिकाले २५ लाख उपलब्ध गराउने भएकाे छ । बाँकी रकम प्रायोजक र अन्य संघ संस्थाबाट सहयाेग संकलन गरि जुटाइने अध्यक्ष सिंहले बताए ।

प्रतिकृया