• ११:२१ २०८० फाल्गुन १३ गते
  • 11:21 am

सेयर बजारमा बिहीबार पनि गिरावट, कारोबार पौने ४ अर्ब

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०४:१०

nepsedown e1683022309115

माघ ११, २०८० काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। बिहीबार ३ दशमलब ९४ अंकको गिरावटसँगै नेप्से परिसूचक २०८४.०९ विन्दुमा कायम भएको छ। बुधबार सेयर बजार १० दशमलब २५ अंकले घटेको थियो ।

बिहीबार ३ सय ४ कम्पनीको कारोबारमा ९१ को सेयर मूल्य बढेको छ भने १ सय ४४ कम्पनीको घटेको छ। साताको अन्तिम दिन ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच भएको छ।

आज सर्वाधक कारोबार हिमालयन रि इन्स्योरेन्स्को २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा साम्लिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यो कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाएका छन्। मिड सोलुको सेयर मूल्य ८.७९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१२ प्रतिशतले बढेको छ।

बिहीबार सर्वाधिक सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य ५.०३ प्रतिशतले घटेको छ।

प्रतिकृया