• ८ असोज २०८३, बिहीबार
  • ९ः०६ राती

मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार ०२:५५

माघ २, २०८० काठमाडौँ: लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन्। गएराति लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो ।

National Life

मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको बर्ष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा बर्ष खेलाडीको अवार्ड समेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको बर्ष खेलाडीको अवार्ड जितेका थिए। त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला बर्ष खेलाडीको अवार्ड जितेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको बर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।

प्रतिकृया