• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

युगान्डा जाँदै प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०८० पुष २६ गते, बिहीबार ०८:५८

पुस २६, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन् । युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ ।

Kamana Sewa

यस्तै, असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद पनि युगान्डा जाने कार्यक्रम छ । याे बैठक माघ ३ गतेदेखि ४ गतेसम्म हुनेछ ।

Classic Tech Desktop

यसैगरी, उच्च पदाधिकारीहरूको बैठक भने माघ १ गतेदेखि २ गतेसम्म हुनेछ । यो बैठकका लागि परराष्ट्र सचिव सेवा लम्साल जाने तयारी छ ।

प्रतिकृया