• 3:54 pm

कस्तो रहनेछ आजको मौसम ?

प्रकाशित मिति

२०८० पुष २६ गते, बिहीबार ०८:५५

पुस २६, २०८० काठमाडौँ: कुनै उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायु कमजोर हुँदै जाँदा वर्षा र हिमपातको सम्भावना नभएको हो ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

तराई अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित भएको थियो ।

चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ । विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिकृया