• १० असोज २०८३, शनिबार
  • ११ः२१ राती

सेयर बजारमा वृद्धि कायमै, नेप्सेमा ९.५० अंकको वृद्धि

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०३:२५

पुस २५, २०८० काठमाडौँ: नेप्से सूचक बुधबार ९.५० विन्दुले बढेर २०८९.६२ अंकमा आएको छ । ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आधा दर्जन कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएको छ । १३ मध्ये ६ वटा समूह बढेका छन् भने बाँकी समूहको सूचक घटेको छ ।बैंकिङ प्रणालीमा अधिक तरलताको फाइदा सेयर बजारमा पुगेको छ ।

National Life

अधिक तरलताका कारण बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका छन् । फलस्वरुपः पुस मसान्तको दबाबका बीच पनि सेयर बजारले सकारात्मक लय समातेको छ । खरिदबिक्री रकम पनि उत्साहप्रद छ ।यो अवस्था आउनुमा अधिक तरलता नै मुख्य कारण भएको जानकारहरु बताउँछन् । माघ लागेपछि बैंकहरुले थप ब्याजदर घटाउने देखिएको छ ।

त्यसो त एनआइसी एसिया बैंकले घटाएको सूचना नै जारी गरिसकेको छ । अब अरु धेरैजसो बैंकहरुको पनि ब्याजदर घटेको सूचना आउने सम्भावना छ । यसैकारण बजारमा उत्साह थप बढेको हो । पुस महिनामा अब २ दिनमात्र सेयर कारोबार हुन्छ । बिहीबार र आइतबारमात्र यो महिनामा कारोबार दिन बाँकी रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसकारण अब सेयर बेच्नेले बैंकको साँवा–ब्याज र आयकरको किस्ता तिर्नका लागि रकम पाउन सक्दैनन् । यसआधारमा बिहीबारबाट बजारमा अझै बिक्री दबाब कम हुने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया