• 3:05 pm

भुटानको नयाँ प्रधानमन्त्रीमा पुनः छिरिङ तोब्गे

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०३:४२

पुस २५, २०८० काठमाडौँ: भुटानमा एक कार्यकाल पछि पुनः छिरिङ तोब्गे नै प्रधानमन्त्री बन्ने भएका छन् । उनी नेपालसँग निकै निकट मानिने भुटानी प्रधानमन्त्री हुन् । उनी पटक पटक पशुपति, स्वयम्भु र बौद्ध आउने मात्र होइन नेपालमा गल्फ खेल्नसमेत आउने गरेका थिए ।

एक दिन अघि सम्पन्न संसदीय निर्वाचनमा तोब्गे नेतृत्व पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको हो। उक्त पार्टीले ३० सिट पाएको छ । ४७ संसदीय संसद्‌मा ३० सीटमा उनको पार्टीले बाजी मारेको हो ।

उनी नेपालमा २०७१ मा सार्क शिखर सम्मेलन गर्दा भुटानमा प्रधानमनत्री थिए । तोब्गे यसअघि २०१३ देखि २०१८ सम्म भुटानको प्रधानमन्त्री थिए। त्यसपछि एक कार्यकाल प्रधानमन्त्री हुन नपाएका तोब्गे यसपटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। प्रमुख प्रतिपक्षमा वर्तमान सत्तारुढ दलले समेत अवसर पाएन् । नोभेम्बरमा भएको पहिलो चरणमा नै वर्तमान सत्तारुढ दल ड्रुक न्यामरुप सोग्पा पार्टी बाहिरिएको हो ।

प्रमुख प्रतिपक्षमा आएको भुटान टेन्ड्रेल पार्टीले १७ सिट मात्र प्राप्त गरेको छ । यो भुटानको चौथो आम निर्वाचन हो । सन् २००८ मा भुटानमा संसदीय निर्वाचन सुरु भएको हो। यो चरणको निर्वाचनमा तोब्गेको पीडीपी र पेमा छेवाङ नेतृत्वको बीटीपी मात्र सहभागी भएका थिए ।

प्रतिकृया