• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट चौलागाईंले गराइन् उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ०२:००

पुस २३, २०८० काठमाडौँ: राष्ट्रियसभा निर्वाचनका लागि एमाले नेतृ रोचकुमारी चौलागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । ‍सोमबार बागमती प्रदेशको राजधानी हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दोलखाकी चौलागाईंले मनोनयन दर्ता गराएकी हुन् ।

National Life

एमाले मकवानपुरका संगठन विभाग प्रमुख हिदम लामाको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशका चार सदस्यको पद आगामी फागुन २० गते सकिँदै छ ।

यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको कार्यकाल सकिन लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया