• १२:०४ २०८० फाल्गुन ११ गते
  • 12:04 pm

मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार १०:४१

quarter

पुस १८, २०८० काठमाडौँ: काइयरीविरुद्ध ४–१ को सहज जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा मिलानलाई जित दिलाउन लुका जोभिचले दुई गोल गर्दा ट्राउरे र रफाइल लियोले समान एक गोल गरे । काइयरीका डेन्टेलो अज्जीले गोल फर्काएका थिए ।

खेलको २९औं मिनेटमा जोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा जोभिचले नै गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा ट्राउरेले गोल गर्दै मिलानको अग्रतालाई ३–० मा पुर्याएका थिए । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा अज्जीले गोल फर्काएपछि काइयरीले मिलानको अग्रतालाई ३–१ मा झारेको थियो ।

इन्जुरी समयमा रफायल लियोले गोल गरेपछि सान सिरोमा ५७ हजार १६९ समर्थकमाझ मिलानले ४–१ जित सुनिश्चित गर्यो ।

प्रतिकृया