• 7:34 am

डडेल्धुरा अस्पताल चाडै ३०० शैयाको हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

प्रकाशित मिति

२०८० पुष १६ गते, सोमबार ०४:४३

पुस १६, २०८० डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पताल केही समयमै १०० शैयाबाट बढाएर ३०० शैयाको हुने बताएका छन् । आइतबार अस्पताल निरीक्षणका लागि डडेल्धुरा आइपुगेका मन्त्री बस्नेतले ३०० शैयाको अस्पताल संचालन नभएसम्म मेडिकल कलेज पुर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउदै लैजानु पर्नेमा जोड दिएका हुन।

अस्पताल र मिडिकल कलेज एक अर्काका परिपुरक भएको बताउदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए । डडेलधुरा अस्पतालले ३०० शैयामा संचालन गर्न नयाँ भवन बनाई रहेको छ। मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचीव डा.रोसन पोखरेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए। उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरू गर्न सल्लाह दिए ।

डडेल्धुरा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए । मन्त्री बस्नेतले अस्पतालका निर्माणाधिन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन गरेका थिए ।

प्रतिकृया