• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

हेटौंडास्थित मानव सेवा आश्रममा रहेका दुईजनाको मृत्यु

प्रकाशित मिति

२०८० पुष १२ गते, बिहीबार १२:५५

पुस १२, २०८० मकवानपुर : हेटौंडाको मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ । हेटौंडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पूजालाई विंस २०७६ मा बागलुङको सडक पेटीबाट उद्धार गरी ल्याईएको थियो भने अमितलाई गत असार २७ गते मकवानपुरको बकैया-३ हात्तिसुँडेस्थित बाटोबाट ल्याईएको थियो । उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ ।

Kamana Sewa

पूजाको गत मंगलबार र अमितको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया