• 4:11 pm

अग्रिम टिकट बुकिङमा ‘सलार’ ले ‘डंकी’ लाई उछिन्यो

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार ०४:२१

पुस ४, २०८० काठमाडौँ: भारतमा प्रभासको फिल्म ‘सलार’ ले अग्रिम टिकट बुकिङमा शाहरूख खानको फिल्म ‘डंकी’ लाई पछि पारेको छ । शाहरूखको ‘डंकी’ बिहीबार प्रदर्शन हुँदैछ भने प्रभासको ‘सलार’ शुक्रबार। यी दुवै फिल्मलाई लिएर दर्शक उत्साहित देखिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उच्च शो पाउँदा पनि ‘डंकी’ अग्रिम टिकट बुकिङमा ‘सलार’ भन्दा पछि परेको हो । भारतमा ‘डंकी’ ले १२६०८ शोज पाएको छ भने ‘सलार’ ले ६४३९ शोज पाएको छ । ३ लाख ६० हजारबढी टिकट बिक्री गर्दै ‘डंंकी’ ले १० करोड २६ लाख भारू कमाएको छ ।

त्यस्तै ५ लाख ७७ हजारबढी टिकट बिक्री गर्दै ‘सलार’ ले १२ करोड ६७ लाख भारू कमाएको छ । भारतमा तेलुगु भाषी ‘सलार’ हेर्न सबैभन्दा बढी उत्साहित देखिएका छन् । तेलुगु संस्करणको मात्रै ३ लाख ८२ हजारबढी टिकट बिक्री भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘डंकी’ मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्म ‘सलार’ मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ । प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन् ।

प्रतिकृया