• ९ असोज २०८३, शुक्रबार
  • ६ः५३ बेलुका

कुमारी बैंकको Festive Offer

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार १०:५९

पुस ४, २०८० काठमाडौँ: कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम रु एक हजार हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।

National Life

डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंक सदैब तत्पर छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया