• १८ भदौ २०८३, बिहीबार
  • ५ः४८ बेलुका

कोरोनाको नयाँ भेरिएन्टबाट बच्न डब्ल्यूएचओको चेतावनी

प्रकाशित मिति

२०८० पुष २ गते, सोमबार ११:२५

पुस २, २०८० काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरिएन्ट जेएन.वानबारे चेतावनी दिएको छ। डब्ल्यूएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ। यस्तो अवस्थामा सबै सदस्य राष्ट्रले कडा निगरानी राख्नपर्ने सुझाव उसले दिएको छ।

डब्ल्यूएचओले कोभिड-१९ मा संगठनको प्राविधिक नेतृत्वकर्ता मारिया भान केरखोभको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेको छ। जसमा केरखोभले श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारण बताउनाका साथै त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिएकी छन्।

Kamana Sewa

मारिया भान केरखोभले पनि सामाजिक सञ्जालमा पोस्ट सेयर गरी विश्वमा श्वासप्रश्वाससम्बन्धी रोग निरन्तर बढिरहेको बताएकी छन्। जसमा कोरोना भाइरल, फ्लु, राइनो भाइरस, माइकोप्लाज्मा निमोनिया र अन्य रोग पर्छन्। उनका अनुसार सार्स कोभ-२ ले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ। कोरोनाको सबभेरिएन्ट जेएन.वान पनि फैलिरहेको छ। केरखोभले श्वासप्रश्वाससम्बन्धी रोग फैलाउन धेरै कारकले भूमिका खेल्ने उल्लेख गर्दै जसमध्ये एउटा हालको छुट्टीको मौसम पनि हो, परिवार भेला हुने र ठूलो संख्यामा मानिसहरू यात्रा गर्ने। यस्तो अवस्थामा सरकारले ध्यान दिन जरुरी छ।

Classic Tech Desktop

जाडो मौसममा मानिसहरु घरभित्रै बढी समय बिताउने केरखोभले बताएकी छन् । यस्तो अवस्थामा घरमा भेन्टिलेसनको अभाव भएमा रोग फैलने खतरा बढ्छ। अहिले पश्चिमी देशहरूमा क्रिसमसको बिदा छ। यही कारणले गर्दा कोरोना वा अन्य श्वासप्रश्वाससम्बन्धी रोग फैलिने सम्भावना छ।

उनले कोरोना भाइरस फैलिरहेको र हाल ६८ प्रतिशत कोरोना संक्रमण सबभेरिएन्ट जेएन १ बाट भएको बताइन्। विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियम लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ। एजेन्सी

प्रतिकृया