• १८ असोज २०८३, आइतबार
  • ११ः२१ राती

एनसेल लक्षित भ्रामक प्रचार र प्रसार प्रति एनसेल कर्मचारी ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार ०१:३९

मंसिर २७, २०८० काठमाडौँ: विगत एक हप्तादेखि एनसेलको ८० प्रतिशत स्वामित्व वहन गर्ने रेनोल्डस् होल्डिङ्को शेयर खरिद बिक्री र यसको सम्झौताका सम्बन्धमा शेयर क्रेता र विक्रेता कम्पनीको निर्णय भएसँगै उक्त प्रक्रिया सम्बन्धी विभिन्न तह र तप्काबाट चौतर्फी रुपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवर र भ्रामक प्रचार प्रसार भईरहेको प्रति एनसेल आजियाटा लिमिटेडमा रहेको यस स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियन (क्ष्ल्भ्त्ग्) को गम्भीर ध्यानाकर्षण भएको आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ ।

National Life

यस्ता गतिविधीले १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको जनाएको छ । जनमानसलाई भ्रममा पार्ने गरि भई रहेका गतिविधी र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको आफ्नो ठम्याई रहेको जनाएको छ ।

एनसेलले देशमा दूरसञ्चारको विकासमा अतुलनीय भूमिका खेलेको सर्वविदितै रहेको भन्दै बजारमा कुनै पनि कुराको माग भएको अवस्थामा त्यसको किनबेच हुनु सामान्य कुरा भएको बताउँदै रेनोन्डस् होल्डिङ्को शेयर खरिद बिक्री पनि क्रेता र विक्रेताबीच भएको सहमतिको कारोबार रहेको बताएको छ । एनसेललगायत नेपालको कानुन बमोजिम स्थापित कुनै पनि कम्पनीले नेपालको कानुन मान्नु पर्दछ र एनसेलले पनि कानुनको अधिनमा रहि आफ्नो व्यवसाथ तथा सेवा संचालन गर्दै आएको छ र यसको साक्षी एनसेल स्वयम् रहेको बताएको छ । उक्त कारोबारसँग सम्बन्धित कर, कानुन पालना गनुपर्ने भएमा कानुन अनुसार आफ्नो दायित्व पुरा गर्ने कुरा एनसेलले यस अघि नै स्पष्ट पारिसकेको बताएको छ ।
सदा झैँ यस कम्पनीले हाम्रो देशको ऐन, कानुन पूर्ण रुपमा पालना गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको जनाउँदै हाल एनसेललाई जुन तवरबाट शिकार बनाईदैछ यसले यो कम्पनी, हामी कर्मचारी, देशका नागरिक र सम्पूर्ण राष्ट्रको अहित गर्दछ भन्ने कुरा प्रष्ट पारेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रेनोल्डस् होल्डिङ् पहिले पनि विदेशी कम्पनी थियो र अहिले पनि विदेशी कम्पनी नै हो । मात्र यसको स्वामित्व अब नेपाली मुलका व्यवसायीको लगानी रहेको स्पेक्ट्रलाइट यूकेमा आउन लागको हो । यो एक प्रकारले खुसीको कुरा पनि हो की अब एनसेलमा विदेशी होल्डिङ् र स्वदेशी लगानीमार्फत नेपाली कै लगानी भएको छ । यसले नेपाली पनि दूरसञ्चार र प्रविधि विकासमा धेरै अगाडि बढिसकेको स्पष्ट पार्दछ । दूरसञ्चार ऐनमा रहेको एक प्रावधान अनुसार २५ वर्ष पश्चात सरकारको स्वामित्वमा एनसेल जाने हो भने त्यसका लागि पनि अझै ६ वर्ष बाँकी रहेको छ र विदेशी लगानी ५० प्रतिशत भन्दा कम गर्ने हो भने सरकारी स्वामित्वमा नजाने भन्ने व्यवस्था पनि छ । कानुन जस्तो जटिल कुरा र यसका प्रावधानहरुलाई आफ्नो सिमित बुझाईका आधारमा व्याख्या गरेर भ्रम सिर्जना गर्नु ढण्डनिय हुन आवश्यक छ ।

स्पेक्ट्रलाइट यूकेले अप्रतक्ष्य रुपमा रेनोल्डस् होल्डिङ्मार्फत एनसेलको स्वामित्व लिए पश्चात पनि यस कम्पनीले सम्पूर्ण कर्मचारीहरु लगायत राज्यको हितको लागि कार्य गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं र यस ट्रेड युनियन पनि सदा झै व्यवस्थापनसँग सुमुधुर सम्बन्ध स्थापित गर्दै आम नेपालीलाई गुणस्तरीय सेवामार्फत जोडि राख्न प्रतिवद्ध रहेको कुरा जानकारी गराएको छ ।

देशको आर्थिक तथा सामाजिक विकासमा योगदान दिदै आएको एक जिम्मेवार कर्पोरेट संस्था एनसेल माथि प्रतिष्ठामा आँच आउने गरि भईरहेको निरन्तरको आक्रमण र आधारहिन आक्षेपहरु रोक्न हामी सरकारसँग अनुरोध गर्दै अन्यथा विधिको शासन छ र भन्ने शंका सदैव रहने र यी र यस्ता विषय कानुनका आधारमा नभई हल्ला र गलत अफवाहहरुले निर्देशित गर्नेछ र यस्ता अनैतिक कार्य रोक्नु हामी सबैको जिम्मेवारी हो ।

आम नेपाली जनताको महत्वपूर्ण दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई नेपालकै अग्रणी दूरसञ्चार सेवा कम्पनी बनाउन अहोरात्र खटिने कर्मचारीहरुलाई हतोत्साही बनाउने खालको गलत अफवाह कही कतैबाट नफैलाई दिनहुन पनि विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

प्रतिकृया