पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने
प्रकाशित मिति
२०८० मंसिर २७ गते, बुधबार ०१:०६

मंसिर २७, २०८० काठमाडौँ: राप्रपाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवा सहभागी हुन पाउने र सहभागीले पुसको १५ गते भित्र ५०० शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई १०-१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया