• १९ असोज २०८३, सोमबार
  • १२ः३९ राती

युनिलिभरको ३० औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार १२:३४

मंसिर २७, २०८० काठमाडौँ: युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा आज कम्पनीका अध्यक्ष श्री देव बाजपेइ र प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीको समुपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।

National Life

युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभाँस प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पु¥याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभाँश प्रति शेयर रु.१५८०÷ का साथ लाभान्वीत हुने भएका छन् ।

युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको छ, जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ ।
समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष श्री देव बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै भन्नु भयो न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ । यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं, तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौं । युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु.१५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताउनु भयो । वहाँले यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोमा जोड दिनु भएको छ । प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भन्नु भयो “हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।

युनिलिभर नेपाल लिमिटेडको ८५% शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५% शेयर सर्वसाधारणहरुको रहेको छ ।

प्रतिकृया