• २४ भदौ २०८३, बुधबार
  • ९ः१६ राती

भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरियो नेपाल

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ०२:३५

मंसिर २६, २०८० काठमाडौँ: भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेसँगै नेपाली युवा टोली एसीसी यू–१९ एसिया कपको समुह चरणबाटै बाहिरिएको छ ।

National Life

उपाधि दाबेदारको रुपमा हेरिएको नेपालले लगातार तेस्रो हार व्यहोर्दै एसिया कप यात्रा पनि सकाएको छ। उमेर समुहमा नेपालले भारतलाई सन् २०१७ पछि हराउन सकेको छैन ।

नेपालले अब जनवरी–फेब्रुअरीमा यू–१९ विश्वकप खेल्नेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।

प्रतिकृया