• 10:34 am

रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो गाउँमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा

प्रकाशित मिति

२०८० मंसिर १२ गते, मंगलवार ११:१७

मंसिर १२, २०८० काठमाडौँ: ‘जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो गाउँमा गौनी वि.को घरबाट शुरुवात गरी ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।


यो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय— मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरु संलग्न रहेका छन् ।


दुःखको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरुको नेपाली कांग्रेस उच्च प्रशंशा गर्दछ । साथै, यो अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गर्दछ ।

प्रतिकृया