• २१ असोज २०८३, बुधबार
  • ७ः२५ बिहान

राजस्थानमा न्यूनचापीय प्रणाली, कस्तो रहला आजको मौसम?

प्रकाशित मिति

२०८० मंसिर १२ गते, मंगलवार ०९:१६

मंसिर १२, २०८० काठमाडौँ: पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज देशका केही भूमागमा मौसम बदली भएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

काठमाडौँ उपत्यकाको आकाशमा आज बिहानैदेखि बादल लागिरहेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाउको छ।

आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

‘देशका पहाडी भू-भागका एक-दुई स्थानमा आज हल्का वर्षाकोसमेत संभावना छ,’ नेपालखबरसँग उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्का हिमपातसमेत हुनसक्छ।’

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२।२ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिकृया