चारदिने युद्ध विराममा हमासले छाड्यो ६९ बन्दी, विपिन जोशी अझै रिहा भएनन्
प्रकाशित मिति
२०८० मंसिर १२ गते, मंगलवार ०९:१०
मंसिर १२, २०८० काठमाडौँ: चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएनन् । यद्यपि, इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।
नेपाल सरकारले विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उनको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन ।
उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन ।
सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् । पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो ।
प्रतिकृया