• ८ असोज २०८३, बिहीबार
  • ८ः०६ राती

फिफा विश्वकप छनोट: यमनसँग २३ वर्षदेखिको जितको प्रतीक्षा अन्त गर्न मैदान उत्रिँदै नेपाल

प्रकाशित मिति

२०८० मंसिर ५ गते, मंगलवार ०८:२२

मंसिर ५, २०८० काठमाडौँ: फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको समूह ‘एच’ को दोस्रो खेलमा नेपाल आज यमनसँग भिड्दै छ । २३ वर्षमा ४ पटक भिडेका यी दुई टोलीबिचको खेलमा नेपाल अहिले सम्म यमनलाई हराउन सकेको छैन। त्यसैले आज साँझ ७ बजे दशरथ रंगशालामा नेपाल यमनलाई हराउने उदेश्य‍सहित मैदान उत्रिँदै छ।

National Life

दुवै टोलीलाई अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ। पहिलो खेलमा पराजित भएकाले फिफा विश्वकपको दोस्रो चरणमा जितका लागि दुवै टोली मैदानमा उत्रिनेछन्। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग उसकै मैदानमा ४-० को हार ब्यहोरेको थियो।


यमन पनि पहिलो खेलमा बहराइनसँग २-० ले पराजित भएपछि तुलनात्मक रुपमा कमजोर नेपाललाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छ। फिफा वरीयतामा यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

फिफा विश्वकपको दोस्रो चरणका खेलहरू होम एन्ड अवे लिगका आधारमा जारी छन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी कुल ६ खेल खेल्ने छ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ। चार टिममध्ये अङ्क तालिकाको शीर्ष दुईमा रहने टिम एसिया कपमा छनोट हुँदा विश्वकपको तेस्रो चरणका लागि छनोट हुने छन्।

हेड टु हेडमा यमन बलियो
नेपला र यमनबिच पहिलो पटक सन् २००० को फेब्रुअरीमा एएफसी एसियाकपमा प्रतिस्पर्धा भएको थियो। जतिबेला नेपाल ३-० ले पराजित भयो। त्यस्तै दोस्रो पटक २५ मार्च २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल यमनसँग २-० ले हारेको थियो।


एएफसी एसियाकपअन्तर्गत १३ मार्च २०१७ मा भएको पहिलो लेगमा नेपालले गोलरहित बराबरी खेल्दै पहिलो पटक हार टारेको थियो। त्यस्तै २७ मार्च २०१८ मा भएको एएफसी एसियाकपमा नेपाल २-१ ले पराजित भयो। यी दुई टिमबिच ५ वर्षपछि फिफा विश्वकप छनोटमा प्रतिस्पर्धा हुन लागेको हो।

प्रतिकृया