• २४ भदौ २०८३, बुधबार
  • १२ः५६ दिउँसो

फिफा विश्वकप छनोट: नेपाल १९८४ पछि युएईसँग भिड्दै

प्रकाशित मिति

२०८० कार्तिक ३० गते, बिहीबार १२:३०

कात्तिक ३०, २०८० काठमाडौँ: २०२६ को फिफा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपाल बिहीबार युएईसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप छनोटअन्तर्गत आज नेपालले युएईसँग खेल्न लागेको हो ।

National Life

युएईको दुबईमा नेपाली समयअनुसार राति ९:३० मा खेल सुरु हुनेछ। दोस्रो चरणमा नेपालले युएईसँगै बहराइन र यमनसँग भिड्नेछ। नेपाल दोस्रो चरणमा आफ्नो समूहमा फिफा वरीइयतामा सबैभन्दा कमजोर टोली हो ।

नेपालले यसअघि १९८४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल युएईसँग ११-० ले पराजित भएको थियो। त्यसयता नेपालको यो युएईसँग पहिलो खेल हो । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३ औं र यमन १५६ औं स्थानमा रहँदा नेपाल १७३ औं स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुँदैछन्। दोस्रो खेलमा नेपालले ५ मंसिरमा यमनको सामना गर्नेछ । खेलअघि आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युवा टिमको जोस र बलिया टिमसँग आफूले खेलेको अनुभवले युएईसँग प्रतिस्पर्धा गर्ने बताए ।

अल्बर्टोले भने, ‘युएई हाम्रो समूहको एउटा बलियो टोली हो। तर हामी पनि राम्रो तयारीका साथमा आएका छौं। हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता रहेको छ। प्रशिक्षकको रूपमा मेरो टोलीले धेरै बलिया टोलीहरूसँग खेलेको अनुभव मसँग छ। त्यसैले बलिया टोलीहरूको स्तरबारे हामी विज्ञ छौं।’

‘युएई राम्रो टोली हो तर हामी डराएका छैनौं’, उनले थपे । उनले आफ्नो खेलमा गम्भिर भएर खेल्ने बताए । युएईका मुख्य प्रशिक्षक पाउलो बेन्टोले नेपाली टोलीलाई कमजोर रूपमा नलिने बताए। उनले भने, ‘कुनै पनि टोलीलाई कमजोर रूपमा लिनु भुल हुन सक्छ । फिफा वरीयतामा हामीभन्दा पछाडि भए पनि नेपाललाई हामी सजिलो टोली रूपमा लिएका छैनौं ।’

‘हामी आफ्नो स्तरअनुसार नै प्रदर्शन गर्ने छौं । हामीले लामो तयारी गरेका छौं। हामीले नेपालविरुद्ध स्पष्ट तीन अंकसहित हाम्रो यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिँदै छौं’, उनले थपे ।

नेपाली राष्ट्रीय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बुले आफ्नो करिअरमा धेरै राम्रा खेलाडीहरूसँग खेलेको अनुभव रहेको भन्दै आफ्नो टिमको रक्षाका लागि भरपुर प्रयास गर्ने बताए ।

उनले भने, ‘पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग पनि खेलेको अनुभव छ, जहाँ मैले धेरै राम्रा खेलाडीहरूसँग खेल्ने मौका पाएँ। म आफ्नो टिमको रक्षा गर्न तयार छु ।’

प्रतिकृया