• २१ असोज २०८३, बुधबार
  • ८ः०४ बिहान

तिहारमा जुवातास खेल्न पाइन्छ कि पाइदैन ? यस्तो छ कानुनी व्यवस्था

प्रकाशित मिति

२०८० कार्तिक २६ गते, आईतवार ०९:०३

कात्तिक २६, २०८० काठमाडौँ: जुवातास खेल्ने/खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ ।

National Life

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । सो दफा अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वन ३० हजारसम्म जरिबानाको व्यवस्था गरिएको छ ।


दोस्रो पटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिकृया