• ७ साउन २०८३, बिहीबार
  • ५:१६ बिहान

नेपाली बैंकहरुको खराब कर्जा एशियाकै न्यून भएको दाबी

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०४:३७

कात्तिक २३, २०८० काठमाडौँ: एशियन बैंकर्स एशोसियशन (एबीए) का अध्यक्ष यूजन एस एकेरेडोले नेपालको बैंकिङ्ग क्षेत्र व्यवस्थित रहेको बताए । बिहीबारदेखि काठमाडौंमा सुरु भएको ३९औं एशियन बैकर्स एसोसिएसन जनरल मिटिङ्ग एण्ड कन्फ्रेन्सको अवसरमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।


विश्वका अधिकांश अर्थतन्त्र अव्यवस्थित भईरहेको अवस्थामा नेपाल बैंकिङ्ग क्षेत्र भने व्यवस्थित भएको उनले बताए । नेपाली बैंकहरुको सूचकहरु पनि सकारात्मक रहेको उनको भनाई थियो । विशेशत: नेपाली बैंकिङ्ग क्षेत्रको खराब कर्जाको अनुपात न्युन रहेको उनले बताए । अध्यक्ष यूजनले भने,–‘नेपाली बैंकहरुको खराब कर्जा एशियामै सबैभन्दा कम हो । अन्य मुलुकहरुको यस्तो कर्जाको अनुपात नेपालको भन्दा २ गुणा बढी छ ।’

Kamana Sewa

पछिल्लो समय विश्वव्यापी रुपमा नै ब्याजदर घट्न थालेको अध्यक्ष यूजन जानकारी गराए । ‘ब्याजदर उच्च हुँदा बजार माग हुँदैन । बजारमा माग नहुँदा अर्थतन्त्र शिथिल हुन्छ । अर्थतन्त्र चलायमान बनाउन पनि ब्याजदर घटाउनुपर्छ । अहिले विश्वव्यापी रुपमा नै ब्याजदर घट्न थालेको छ’– अध्यक्ष यूजनले भने ।

Classic Tech Desktop

उनले अगामी वर्षको दोस्रो त्रैमाससम्मा उच्च ब्याजदर कायम नरहने दाबी गरे । पछिल्लो समय देखिएका सकारात्मक संकेतले एशियाको अर्थतन्त्र पनि सुधारिने उनको भनाई थियो ।


एशियन बैंकर्स एशोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा बिहीबार देखि ३९औं एशियन बैकर्स एसोसिएसन जनरल मिटिङ्ग एण्ड कन्फ्रेन्स सुरु भएको हो । काठमाडौंको सोल्टी होटेलमा संचालन भईरहेको सो कन्फ्रेन्स शुक्रबारसम्म चल्नेछ । सम्मेलनले नेपालको बैंकिङ्ग क्षेत्रमा महत्वपूर्ण कार्यको थालनी हुने विश्वास लिइएको छ।

प्रतिकृया