• 4:18 am

हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार १२:५९

कात्तिक २२, २०८० काठमाडौँ: भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेदलाई अनुमति दिएको हो। साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो।


सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्। उनका अनुसार उनले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए। हनी बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ‘ब्राउन रङ दे गीत’ को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन्। यसैविरुद्ध उनले १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन् ।


केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन् । अदालतले हनीलाई सालिनीसँग आफ्नो वैवाहिक सम्बन्धलाई अर्काे अवसर दिन चाहन्छौं भनेर सोध्दा हनीले सालिनीसँग बस्नु कुनै औचित्य नभएको बताएका थिए ।


हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए । तर सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो । उनले आफ्नो गायन करियरमा बाधा नआओस् भन्ने उद्देश्यका साथ वैवाहिक सम्बन्धबारे बोलेका थिएनन् ।

प्रतिकृया