• 5:37 pm

काठमाडौं महानगरमा प्लास्टिकका सामान बिक्री वितरण गर्न नपाइने

प्रकाशित मिति

२०८० कार्तिक २२ गते, बुधबार १२:५६

कात्तिक २२, २०८० काठमाडौँ: काठमाडौं महानगरमा प्लास्टिकका सामान बिक्री वितरण गर्न नपाइने भएको छ । महानगरले तिहार लक्षित गरेर प्लास्टिकका फूलमाला तथा सजावटका सामान बिक्री वितरणमा रोक लगाएको हो ।


साथै प्लास्टिकको फूलमाला किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौं महानगरले जनाएको छ । महानगरले त्यसका लागि महानगर प्रहरी नै खटाएको छ ।


त्यस्तै काठमाडौं महानगरले प्राकृतिक फूलहरूको प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

प्रतिकृया