• 7:16 am

सिंहदरबारमा सर्वदलीय बैठक जारी

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०२:५८

कात्तिक २१, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।


प्रधानमन्त्री दाहालले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रतिकृया