• 9:59 am

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०३:०७

कात्तिक २०, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको आसन्न युुरोप भ्रमण स्थगित भएको छ । आगामी कार्तिक २२ गतेदेखि फ्रान्स हुँदै जर्मनी र इटाली जाने कार्यक्रम रहेको थियो । तर भूकम्पका कारण निम्तिएको परिस्थितीका कारण भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


‘वर्तमान परिस्थितिका कारण राष्ट्रपति ज्यूको भ्रमण हाललाई स्थगित भएको हो ।’ उनले भनिन् ।

प्रतिकृया