• 6:36 pm

ग्लोबल आईएमईले लाभांश घोषणा गर्‍यो

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ११:४१

कात्तिक १९, २०८० काठमाडौँ : ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को वितरण योग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


यस्तै, बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । नगद लाभांश र बोनस सेयर गरी कम्पनीले कूल ९ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो ।


कम्पनीको ४२९ औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्छ । यस्तै, आगामी १७ औं वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्नेछ ।

प्रतिकृया