• 9:56 am

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा बाबुराम सुवेदी

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार १२:०४

कात्तिक १९, २०८० काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।


उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम गत शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।


साथै, हाल उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेललगायतको उपस्थिति थियो ।

प्रतिकृया