• 9:51 am

नेपाली टोलीले आज कालो पट्टी बाँधेर खेल्ने

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ११:०५

कात्तिक १९, २०८० काठमाडौँ: नेपाली क्रिकेट टोलीले आज आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा कालो पट्टी बाँधेर खेल्न लागेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्मानमा नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेल्न लागेको हो । नेपालका कप्तान रोहित पौडेलले आजको खेल भुकम्प पिडितको नाममा खेलिने बताए ।


नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै आजको खेलबाट बिक्री हुने टिकटको ५० प्रतिशत मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरिसकेको छ ।


टियु क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ–११:


कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

प्रतिकृया