• 4:09 am

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

प्रकाशित मिति

२०८० कार्तिक १९ गते, आईतवार ११:१२

कात्तिक १९, २०८० काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।


यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।


सुनको मूल्य घटेपनि आज चाँदीको भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १४ सय १५ रुपैयाँ छ ।

प्रतिकृया