• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : दुई जिल्लाका ६५ जनाको मृत्यु

प्रकाशित मिति

२०८० कार्तिक १८ गते, शनिबार ०८:३९

कात्तिक १८, २०८० काठमाडौँ: जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।

National Life

जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश सुनारले जानकारी दिए।​ यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।


भूकम्पमा परेकाको खोजी जारी रहेको दुवै जिल्लाका सीडीओले जनाएका छन्। राति सबै सुतेको समयमा भूकम्प गएकाले मृतकको संख्या बढ्नसक्ने​अनुमान गरिएको छ। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा‍.लोकविजय अधिकारीले जानकारी दिए।

प्रतिकृया